इण्डोनेसिया रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
२०८३ वैशाख १५ गते

एजेन्सी । इण्डोनेसियाको पश्चिम जाभाको बेकासीमा दुईवटा रेल ठोक्किँदा मृत्यु हुनेको संख्या सात पुगेको छ भने ८१ जना घाइते भएका छन् ।
सोमवार स्थानीय समयअनुसार राति करिव ८ः५० बजे जकार्ता–बेकासी रुटको कम्युटर रेल र जकार्ता–सुरबाया रुटमा चल्ने लामो दूरीको रेल ठोक्किएका थिए ।
लामो दूरीको रेलमा सवार सबै २४० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने कम्युटर रेलका घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । यो ठक्करका कारण जकार्ताबाट आउने र जाने लामो दूरीका रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएको छ ।
घटनाको कारणबारे रेल सञ्चालक र राष्ट्रिय यातायात सुरक्षा समितिले अनुसन्धान गरिरहेको छ ।
२०८३ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








