पाकिस्तानी आक्रमणमा ४ जनाको मृत्यु, ७० घाइते
२०८३ वैशाख १५ गते

एजेन्सी । अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फित्रतले सोमबार सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा मर्टार र रकेट प्रहार गरेको छ ।
यस आक्रमणमा ४ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् । कुनार प्रान्तका अधिकारीहरूकाअनुसार घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थाहरूमा लगिएको छ । स्थानीय सुरक्षा स्थिति अहिले पनि तनावपूर्ण रहेको छ ।
साथै, कान्दाहार प्रान्तको लुकमान–स्पिन बोल्दाक क्षेत्रमा पनि मर्टार प्रहार भएको स्थानीय समाचार माध्यम टोलो न्युजले जनाएको छ ।
२०८३ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








