कांग्रेसमा तीन कोइरालाको जुगलबन्दी, बिशालनगरमा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र पार्टीको पछिल्लो अवस्थाबारे विभिन्न बुद्धिजीवी तथा राजनीतिक व्यक्तित्वहरूसँग छलफल गरेका छन् ।

बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको छलफलमा देशको राजनीतिक परिस्थिति, कांग्रेस पार्टीको वर्तमान अवस्था र आगामी दिशा–निर्देशनका विषयमा विचार–विमर्श गरिएको थियो ।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल र जेन्जी युवाहरू अभिजित अधिकारी तथा करिना पुरी लगायत सहभागी थिए ।

त्यस्तै, छलफलमा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल समेत सहभागी भएका थिए ।

छलफलमा सहभागीहरूले देशको समसामयिक राजनीतिक अवस्था र कांग्रेस पार्टीको भूमिका तथा आगामी रणनीतिबारे आ–आफ्ना सुझाव तथा विचार राखेका बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =