संघीयता सुदृढ बनाउन तल्लो तहमा अधिकार हस्तान्तरण आवश्यक: सन्तोष परियार

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले स्थानीय तह र प्रदेश सरकार तहका गतिविधि संघीयता, शासन प्रणाली र लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता परियारले यस्तो बताएका हुन् । उनले संघीयतालाई बलियो बनाउन संविधानले प्रत्याभूत गरेका अधिकार तल्लो तहमा पठाउनुपर्नेमा जोड दिए ।
उनले संघीयताबारे केहीले गैरजिम्मेवार टिप्पणी गरेको उल्लेख गर्दै संघीयता हलुका विषय नभएको बताए । संविधानले समानुपातिक शासन प्रणाली अवलम्वन गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न हुन नसकेको उनको भनाइ छ । ‘थानीय तहले आज जे गर्न खोज्दैछन् त्यसले यो संघीयतालाई बलियो बनाउनुपर्छ । यो शासन प्रणाली र लोकतन्त्रलाई पनि बलियो बनाउनुपर्छ । यो कुरामा म कुनै दुविधामा छैन । संघीयता कुनै हलुका कुरा होइन कसैले यसमा हलुका टिप्पणी गरेको पनि सुनिन्छ’ उनले भने ।
उनले स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउन जरुरी रहेको पनि बताए ।








