सुई र टाङ राजवंशका कलाकृतिहरू हङकङमा प्रदर्शनमा

काठमाडौं । सुई (५८१–६१८) र टाङ (६१८–९०७) राजवंशका कलाकृतिहरू प्रदर्शन गर्ने एउटा प्रदर्शनी हङकङ म्युजियम अफ हिस्ट्रीमा आयोजना गरिने भएको छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारको फुर्सद र सांस्कृतिक सेवा विभाग र शानक्सी प्रान्तीय सांस्कृतिक सम्पदा प्रशासनद्वारा संयुक्त रूपमा प्रश्तुत यो प्रदर्शनीमा १८ उत्कृष्ट राष्ट्रिय खजानाहरूसहित १६५ सेट कलाकृतिहरू समावेश छन् ।

लगभग आधा प्रदर्शनीहरू हङकङमा पहिलो पटक देखाइँदैछ, जसले फमेन मन्दिर र हेजिया गाउँको खजानाका उत्कृष्ट कृतिहरूलाई उजागर गर्दछ ।

प्रदर्शनीले इतिहासलाई जीवित बनाउन इमर्सिभ भिआर, प्रोजेक्सन र अन्तक्र्रियात्मक खेलहरू प्रयोग गर्दछ । व्याख्यानहरू, कार्यशालाहरू र विद्यालय शिक्षण किटहरूको श्रृंखला निःशुल्क उपलब्ध गराइनेछ ।

यो प्रदर्शनी हङकङ म्युजियम अफ हिस्ट्रीद्वारा आयोजित र हङकङ जोकी क्लव च्यारिटी ट्रस्टद्वारा समर्थित ‘जनरल हिस्ट्री अफ चाइना’ श्रृंखलाको तेस्रो किस्ता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =