इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’: उत्कृष्ट चालकलाई ईभी क्याब र ई-स्कुटर

काठमाडौँ । इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर पार्टनर्सलाई ग्रान्ड पुरस्कारस्वरूप ईभी क्याब र ई–स्कुटर प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कम्पनीले क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको हो । सन् २०२६ मार्च २ देखि २९ सम्म सञ्चालन गरिएको चार हप्ते अभियानमा ड्राइभर पार्टनर्सहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कम्पनीका अनुसार, कार्यसम्पादन, सेवा गुणस्तर र यात्रु सन्तुष्टिका आधारमा निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गरिएको थियो । साप्ताहिक चुनौतीहरू र आकर्षक पुरस्कारमार्फत उत्कृष्ट तथा प्रतिबद्ध चालकहरूलाई छनोट गरिएको थियो ।

ग्रान्ड पुरस्कार विजेताहरू:
टाटा एक्सप्रेस–टी ईभी (क्याब चालक वर्ग): पेषल बुढाथोकी
याडिया भिलक्स (बाइकरमोटो चालक वर्ग): साम्देन तामाङ
याडिया भिलक्स (बाइकरमोटो चालक वर्ग): सरोज खतिवडा

साथै अभियानअन्तर्गत अन्य चालकहरूलाई पनि साप्ताहिक पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको छ।

क्याब चालक वर्गका विजेता पेषल बुढाथोकीले आफ्नो मेहनतको कदर भएको भन्दै कम्पनीप्रति आभार व्यक्त गरे । उनले ‘प्लाटिनम’ स्तर कायम राख्न अनुशासन र यात्रु सन्तुष्टि महत्त्वपूर्ण हुने बताए ।

त्यस्तै, बाइक चालक सरोज खतिवडाले अभियानले आफूलाई अझ राम्रो सेवा दिन प्रेरित गरेको बताए ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राईले चालकहरू कम्पनीको मुख्य आधार रहेको बताउँदै यस्ता कार्यक्रमले चालकहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।

कम्पनीले बढ्दो सञ्चालन खर्चलाई ध्यानमा राख्दै २०२६ अप्रिल १५ देखि २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम पनि सञ्चालनमा ल्याएको जनाएको छ । यस सहयोगले प्लेटफर्ममा निर्भर चालकहरूलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।

इनड्राइभले चालकहरूलाई केवल साझेदार मात्र नभई समुदायको आधारस्तम्भ मान्दै निष्पक्ष र स्वतन्त्र रोजाइमा आधारित सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =