दमौलीमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालन

दमौली । निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो ।

लामो समयदेखि प्रयोगमा नआएको उक्त केन्द्र रु दुई करोड ३० लाखमा निर्माण गरिएको हो । कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरण परियोजनाअन्तर्गत बीउपुँजी घुम्ती कोष सञ्चालन कार्यक्रम सञ्चालनका लागि हालै नगरपालिका र सहकारीबीच सम्झौता भएपछि बिहीबारदेखि केन्द्र सञ्चालन भएको हो ।

नगर प्रमुख कृष्णराज पण्डितले कानुनी प्रक्रिया पुर्याएर कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनका लागि यस अगाडि प्रयास गरिए पनि कोही सम्पर्कमा नआउँदा ढिलाइ भएको बताए । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण भएको केन्द्रमा रु दुई करोड ३० लाख लगानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =