दैनिक प्रयोगका लागि ‘रेडमी बड्स ८ एक्टिभ’ नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । अग्रणी प्रविधि कम्पनी ले नेपाली बजारमा नयाँ ‘रेडमी बड्स ८ एक्टिभ’ सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यी वायरलेस इयरबड्स आरामदायी डिजाइन र उन्नत साउण्ड प्रविधिसहित प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

इन–इयर कर्भ डिजाइनमा तयार गरिएको बड्सले लामो समयसम्म प्रयोग गर्दा कानमा कम दबाब पर्ने र सहज अनुभव दिने बताइएको छ। हल्का बनावटका कारण यसलाई बोकेर हिँड्न र प्रयोग गर्न पनि सजिलो हुने कम्पनीको दाबी छ ।

ब्याट्री क्षमताका हिसाबले यी इयरबड्सले एक पटकको चार्जमा ७ घण्टासम्म र चार्जिङ केससहित ३७ घण्टासम्म प्रयोग गर्न सकिने जनाइएको छ । साथै, १० मिनेटको फास्ट चार्जले करिब २ घण्टासम्म प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ ।

साउण्ड क्वालिटीका लागि ठूलो ड्राइभर प्रयोग गरिएको बड्समा एएसी कोडेक सपोर्ट गरिएको छ, जसले स्पष्ट र गहिरो ध्वनि अनुभव दिने कम्पनीले जनाएको छ । डुअल माइक्रोफोन र एआई प्रविधिको सहायताले कल गर्दा बाहिरी आवाज कम गर्दै स्पष्ट संवाद गर्न सकिने बताइएको छ ।

यसमा गुगल फास्ट पेयर सुविधा समावेश गरिएको छ, जसले छिटो कनेक्टिभिटी र दुईवटा डिभाइससँग एकैचोटि जडान हुने सुविधा प्रदान गर्छ । साथै, पानीका छिटा र धुलोबाट सुरक्षित हुने भएकाले यात्रा, दैनिक आवागमन तथा व्यायामका क्रममा पनि प्रयोग गर्न उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा कालो र सेतो दुई रंगमा उपलब्ध ‘रेडमी बड्स ८ एक्टिभ’ को मूल्य रु. ४,४९९ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =