बच्चा जन्माउनकै लागि नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन्: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरू बच्चा जन्माउनकै उद्देश्यले अमेरिका आउने गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा जन्मसिद्ध नागरिकताको विरोध गर्दै लामो वक्तव्य सार्वजनिक गर्दै ट्रम्पले नौ महिनाको गर्भावस्थामा मानिसहरू अमेरिका पुग्ने गरेको बताएका हुन् ।

उनका अनुसार अमेरिकामा जन्मिएका बच्चाले स्वतः नागरिकता पाउने व्यवस्थाको फाइदा उठाउँदै आप्रवासीहरूले आफ्नो परिवारलाई समेत अमेरिका लैजाने गरेका छन् । उनले जन्मेको बच्चा स्वतः अमेरिकी नागरिक हुने र उनीहरुले भारत, चीन वा कुनै ‘नर्कजस्तो’ देशबाट पूरै परिवार नै ल्याउने गरेको विवादास्पद टिप्पणी गरेका छन् ।

ट्रम्पले यस्तो अवस्थाले अमेरिकामा अङ्ग्रेजी भाषा प्रयोग घट्दै गएको र आप्रवासी समुदायमा राष्ट्रप्रतिको भावनामा कमी आएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =