खाद्य तथा आतिथ्य प्रदर्शनी सुरु: ३ सय बढी कम्पनी सहभागी (तस्बिरहरू)

काठमाडौँ । खाद्य, पेय पदार्थ तथा आतिथ्य क्षेत्रका ३०० भन्दा बढी कम्पनीको सहभागितामा ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ आज (वैशाख १०) देखि भृकुटीमण्डपमा सुरु भएको छ ।
तीन दिन सम्म चल्ने उद्योगबीच नेटवर्किङ, नयाँ प्रविधि र उत्पादन प्रदर्शन गर्ने उद्देश्यले आयोजित एक्स्पोमा क्यूआर मेनु, क्लाउड किचन, एआई–सञ्चालित सेवा लगायतका नवीन प्रविधि प्रस्तुत गरिएको छ ।
आयोजकका अनुसार, एक्स्पोले व्यवसायीलाई नयाँ आपूर्तिकर्ता भेट्ने, सहकार्य विस्तार गर्ने र बजार प्रवर्द्धन गर्ने अवसर प्रदान गर्छ । होटल, रेष्टुरेन्ट र खुद्रा व्यवसायसँग सम्बन्धित सामग्री तथा सेवाहरू एउटै थलोमा उपलब्ध गराइएको छ ।
उद्योग विस्तार र बढ्दो उपभोक्ता मागसँगै यस्तो प्रदर्शनीले खाद्य तथा आतिथ्य क्षेत्रलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू:









