डिशहोमको नयाँ वर्ष अफर: ISP र DTH सेवामा विशेष अफर

काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर DishHome ले आफ्ना Internet Service (ISP) तथा Direct-to-Home (DTH) सेवामा विभिन्न आकर्षक वार्षिक अफरहरू सार्वजनिक गरेको छ ।

कम्पनीले बढ्दो सञ्चालन खर्च र पूर्वाधार विस्तारका बीच ग्राहकलाई थप मूल्य दिन बोनस-आधारित योजनाहरू ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार नयाँ योजना विशेषगरी वार्षिक रिन्यूअल बढाउने, उच्च गतिको इन्टरनेटतर्फ ग्राहक आकर्षित गर्ने र निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको हो ।

ISP सेवामा विशेष अफर

ISP अन्तर्गत पुराना ग्राहकले वार्षिक रिचार्ज गर्दा १५ दिनदेखि ६० दिनसम्म बोनस पाउने व्यवस्था गरिएको छ । सेवा बन्द हुनुअघि १५ दिनभित्र रिचार्ज गर्दा थप ३० दिन बोनस दिइनेछ । यसरी अधिकतम ९० दिनसम्म बोनस लिन सकिने कम्पनीले जनाएको छ ।

३० दिनभन्दा बढी समयदेखि सेवा बन्द गरेका ग्राहकलाई पुनः सक्रिय गराउन ९० दिन बोनस दिने ‘चर्न कन्वर्जन अफर’ पनि ल्याइएको छ । साथै, नयाँ जडान गर्ने ग्राहकका लागि २०० Mbps वा सोभन्दा माथिका वार्षिक योजनामा ‘Pay for 12, Enjoy 14’ अर्थात् २ महिना बोनस दिने व्यवस्था गरिएको छ ।

DTH सेवामा पनि बोनस योजना

DTH सेवामा वार्षिक रिचार्ज गर्ने नियमित तथा निष्क्रिय ग्राहकले २ महिना बोनस पाउनेछन् । सेवा बन्द हुनुअघि रिचार्ज गर्नेले थप १ महिना बोनस पाउने व्यवस्था छ, जसअनुसार अधिकतम ३ महिना बोनस लिन सकिनेछ ।

यो अफर केवल वार्षिक Multi-TV प्याकेजमा लागू हुने कम्पनीले स्पष्ट पारेको छ । मासिक तथा छोटो अवधिका योजनामा भने कुनै परिवर्तन गरिएको छैन ।

योजना अवधि

ISP रिचार्ज अफर २० चैत्र २०८२ देखि १५ बैशाख २०८३ सम्म लागू हुनेछ भने नयाँ जडान योजना बैशाख महिनाभर लागू हुनेछ । DTH अफर भने आषाढसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =