इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिबन्धित तेल ट्याङ्कर अमेरिकी सेनाको नियन्त्रणमा
२०८३ वैशाख ९ गते

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले पहिले इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित एक तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अमेरिकी सेनाले एम/टी टिफानी नामक राज्यविहीन र प्रतिवन्धित तेल ट्याङ्करलाई अमेरिकी इन्डो–प्यासिफिक कमान्डको कार्यक्षेत्रमा रातभरको कारबाहीमा नियन्त्रणमा लिएको हो । अहिले इरान र अमेरिकाबीच युद्धविराम छ । हर्मुज नाकाबन्दीका कारण विश्वबजारमा उथलपुथल भएको छ ।
२०८३ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








