असिनाले ७४ सवारीसाधनमा क्षति
२०८३ वैशाख ७ गते

चितवन । चितवनमा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको हो ।
कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरू कार ५७ , माइक्रो बस १५ , मोटरसाइकल र ट्रक एक/एक छन् । उनका अनुसार ती सवारीसाधनको सिसामा क्षति पुगेको छ ।
२०८३ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित








