रुसको सुदूरपूर्वमा बस दुर्घटना हुँदा दुई चिनियाँ नागरिकको मृत्यु

एजेन्सी । रुसको जाबैकाल्स्की क्षेत्रमा एउटा यात्रुवाहक बस पल्टिँदा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । अन्य १० जना घाइते भएको इरकुत्स्कस्थित चिनियाँ महावाणिज्य दुतावासले शनिवार जनाएको छ ।

जाबैकाल्स्की क्षेत्रीय सरकारले शनिबार दिएको जानकारीअनुसार बस चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा स्थानीय समयअनुसार दिउँसो करिव २ः४० बजे उक्त दुर्घटना भएको थियो । नियन्त्रण गुमाएपछि बस सडकबाट बाहिर उछिट्टिएर पल्टिएको थियो ।

महावाणिज्य दुतावासकाअनुसार ४० भन्दा बढी चिनियाँ नागरिक बोकेको उक्त बस चीनको मन्झौली सहरबाट जाबैकाल्स्कीको क्षेत्रीय राजधानी चिता तर्फ जाँदै थियो । दुर्घटना पश्चात, महावाणिज्य दुतावासले आफ्नो आपतकालीन प्रतिकार्य संयन्त्र सक्रिय गरेको छ र घाइतेहरूको उपचार तथा अन्य व्यवस्थापनका लागि रुसी पक्षसँग समन्वय गर्न घटनास्थलमा अधिकारीहरू खटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =