भारतको तामिलनाडुमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु
२०८३ वैशाख ६ गते

भारत । दक्षिण भारतीय राज्य तामिलनाडुमा एउटा मिनी बस गहिरो खोंचमा खस्दा १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।
सरकारी प्रशारक अल इन्डिया रेडियोकाअनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । छिमेकी राज्य केरलाबाट आएका ती यात्रुहरू भ्रमणका लागि तामिलनाडु पुगेका थिए । दुर्घटना हुँदा उक्त भ्यानमा केरलाका १६ जना सवार रहेको रेडियोले जनाएको छ ।
दुर्घटनाको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन । स्थानीय प्रहरीले यसबारे उजुरी दर्ता गर्दै घटनाको विस्तृत अनुसन्धान शुरु गरेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
२०८३ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








