लेबनानी राष्ट्रपतिद्वारा युद्धविराम पछि स्थायी सम्झौताका लागि वार्ताको घोषणा
२०८३ वैशाख ६ गते

एजेन्सी । लेबनानी राष्ट्रपति जोसेफ आउनले लेबनान आफ्ना जनताको अधिकार, भू–भागको एकता र राज्यको सार्वभौमसत्ताको रक्षाका लागि स्थायी सम्झौताको वार्ता गर्न नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।
देशलाई सम्बोधन गर्दै आउनले लेबनान युद्धविराम कार्यान्वयनको प्रयासबाट दीर्घकालीन स्थिरता सुनिश्चित गर्ने वृहत्तर चरणतर्फ अघि बढिरहेको उनकाे भनाइ छ । अघिल्लो चरण जस्तै यी प्रयासहरूले लेबनानलाई बचाउन मद्दत गर्ने उनले बताए ।
यो नयाँ चरणले लेबनानको इतिहासमा एक महत्वपूर्ण मोडको प्रतिनिधित्व गर्दछ । राष्ट्रपति आउनले जोड दिँदै राष्ट्र अब विदेशी प्रभावबाट मुक्त भई आफ्नै भाग्यको निर्माता बन्न तयार रहेको बताए ।
२०८३ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








