ज्येष्ठ नागरिकलाई दिइयो लठ्ठी र छाता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ । शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो ।

त्यसैगरी गर्मी र झरी छल्नका लागि छाता पनि प्रदान गरिएको टोलका अध्यक्ष सचिन पाण्डेले बताए । “ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नका लठ्ठी चाहिन्छ, त्यसको सहजताका लागि हामीले सहयोग गरेका हौँ” उनले भने । पचहत्तर वर्षभन्दा माथिका १३ नागरिकलाई सहयोग गरिएको छ ।

देख्दा सानो सहयोग देखिए पनि यसले ज्येष्ठ नागरिकलाई ठूलो राहत दिने भन्दै यस्तो सहयोग गरिएको अध्यक्ष पाण्डेको भनाइ थियो । समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले यस्तो कार्य गरिएको उनले बताए ।

आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने अध्यक्ष पाण्डेको भनाइ छ । टोलले केही रचनात्मक कार्य गर्नुपर्ने सबैको सल्लाहअनुसार नै यो कार्य गरिएको अध्यक्ष पाण्डेले बताए । यो कार्यले सबै टोलका लागि पनि सिकाइ हुने उनको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =