जीवन र मृत्युको दोसाँधमा कृष्णल: उपचारका लागि सहयोगको याचना

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परेका २० वर्षीय विद्यार्थी कृष्णल ओझाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विराटनगरका ओझा साथिको जन्मदिन मनाएर फर्किने क्रममा चक्रोसे जंगल नजिक धरान–विराटनगर मार्गमा दुर्घटनामा परेका थिए ।

तीव्र गतिका कारण नियन्त्रण गुम्दा मोटरसाइकल सडकको डिभाइडरसँग ठोक्किएको थियोे ।

उपचाररत रहेका ओझा बीआईसी कलेजमा अध्ययनरत छन् ।

दुर्घटनापछि उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगिएको थियो । त्यहाँ आपतकालीन उपचार तथा शल्यक्रिया गरेपनि करिब एक महिनासम्मको उपचारपछि पनि स्वास्थ्यमा उल्लेखनीय सुधार हुन सकेन ।

पछि थप उपचारका लागि उनलाई विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा स्थानान्तरण गरिएको हो । चिकित्सकका अनुसार उनी अहिले आईसीयूमा उपचाररत छन्, जहाँ दैनिक करिब २५ हजार रुपैयाँ खर्च भइरहेको छ ।

परिवारका अनुसार हालसम्म उपचारमा करिब १७ लाख रुपैयाँ खर्च भइसकेको छ, जसमा आफन्त र साथीहरूको सहयोग रहेको छ । तर, उपचार अझै निरन्तर गर्नुपर्ने भएकाले थप आर्थिक सहयोग आवश्यक परेको परिवारले जनाएको छ ।

परिवार र साथीहरूले आर्थिक सहयोगका लागि सबैलाई अपील गरेका छन् । उनीहरूको भनाइ अनुसार, ‘हरेक सानो सहयोगले पनि एक युवाको जीवन बचाउन ठूलो योगदान दिन सक्छ ।’

उनीहरूले उपचारसम्बन्धी सबै कागजात तथा खर्च विवरण सुरक्षित रहेको पनि स्पष्ट पारेका छन् ।

परिवारको सम्पर्क नम्बर: 9842131405

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =