अमेरिका र इरानलाई वार्ता जारी राख्न संयुक्त राष्ट्र संघका प्रमुखको आग्रह

एजेन्सी । पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच भएको वार्तामा कुनै सम्झौता हुन नसके पनि, यी छलफलहरूले उनीहरूको संलग्नताको गम्भीरतालाई जोड दिएको र नयाँ संवादतर्फ सकारात्मक र अर्थपूर्ण कदम चालेको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

प्रवक्ता स्टेफन दुजारिकले एक विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन् । मध्यपूर्वमा जारी द्वन्द्वको कुनै सैन्य समाधान नरहेको उनले बताए । गहिरो मतभेदका कारण रातारात सम्झौता हुन नसक्ने भएकाले महासचिवले वार्तालाई रचनात्मक रूपमा अगाडि बढाउन आह्वान गरेकाे उनले जानकारी दिए ।

युद्धविरामको पूर्ण पालना हुनुपर्ने र सबै प्रकारका उल्लंघनहरू रोकिनुपर्नेमा जोड दिइएको छ । हर्मुज जलसन्धि लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन अनुसार स्वतन्त्र जलयात्राको सम्मान गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =