सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको छ: सांसद विष्ट

काठमाडौँ । राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सो आरोप लगाएका हुन् ।

सांसद विष्टले सरकारले दुई तिहाइको बलामा संविधान र कानुनमाथि आक्रमण गरिरहेको जिकिर पनि गरे । संविधान, कानुन र विधि नजानेकाहरूले मुलुकलाई अप्ठ्यारोमा पार्ने अवस्था रहेको सांसद विष्टको बुझाई थियो ।

उनले भने ‘विद्यार्थी संगठन हुँदै पार्टी माथि नै प्रतिबन्ध लगाउने यिनीहरूको जुन हर्कत देखिँदै छ । बिस्तारै यिनीहरू बलजफती प्रधानमन्त्री कार्यालयमा कानुन नै थाहा नभएका मानिसहरूको बिगबिगी छ । न यिनले संविधान पढेका छन्, न कानुन पढेका छन् । न विधि पढेका छन्, अनुशासन । दुई तिहाइ भयो, जब्बरजस्ती गरिहालिन्छ भन्ने जुन बुझाई छ । मुलुकलाई कानुनी राज्यको मान्यता अनुसार अघि बढाउन राष्ट्रिय सभाले विशेष भूमिका खेल्नुपर्छ । त्यसमा हामी सफल हुन्छौ भन्ने मलाई लाग्दछ ।’

सांसद विष्टले सरकारले अनावश्यक रूपमा सेवा सुविधा लिने काम गरिरहेको भन्दै आपत्ति समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =