महालक्ष्मी विकास बैंकद्धारा नयाँ वर्ष लक्षित विभिन्न योजनाहरू सार्वजनिक

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरू सार्वजनिक गरेको छ ।
विभिन्न योजनाहरू अन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवर्धन वर्षको रूपमा मनाउने बैकको योजना अनुरूप महालक्ष्मी विकास बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैकिङ्ग प्लेटफर्म मार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सफल हुनेछन् ।
विजेता ३ जना प्रयोगकर्ता आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडी सहित भ्रमण गर्न पाउनेछन् ।
साथै डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवर्धन गर्नेछ ।
मोबाइल बैकिङ्ग प्रयोगकर्ताले प्राप्त गर्ने Fone Points Rewards एपमा जम्मा हुनेछ । यो एप प्ले स्टोर तथा एप्स स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ । यस्तो रिवार्ड पोइन्ट निश्चित सर्त भित्र रही ग्राहकहरूले विभिन्न सामानहरू खरिद गर्दा तथा अन्य कार्यहरूमा प्रयोग गर्न सकिने बैंकले जानकार दिएको छ ।
नयाँ वर्षको २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा समेत सञ्चालनमा ल्याएको छ । महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी कर्जा प्रदान गर्नेछ ।
यस्तो कर्जाको ब्याजदर ७ वर्ष अवधिको लागि स्थिर समेत रहनेछ ।








