मन्त्री सीता वादीको सम्पत्ति: २० कुखुरा, १ कुकुरदेखि बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार उनले विभिन्न प्रकारका चल–अचल सम्पत्ति देखाएकी छन् ।

मन्त्री वादीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको उल्लेख गरिएको छ । साथै, एक स्कुटर, तीन वटा ल्यापटप र दुई वटा मोबाइल फोन रहेको विवरणमा जनाइएको छ ।

त्यस्तै, उनका श्रीमान्सँग पल्सर मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

नगदतर्फ ५० हजार रुपैयाँ र बैंक खातामा आफू तथा श्रीमान्को नाममा १५ लाख रुपैयाँ मौज्दात रहेको विवरणमा देखाइएको छ ।

मन्त्री वादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख छ, जुन विवाहमार्फत प्राप्त भएको बताइएको छ ।

यसैबीच, उनको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको पनि सार्वजनिक सम्पत्ति विवरणमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =