कानुनमन्त्री सोविता गौतमसँग १५ तोला सुन र १० लाख बैंक मौज्दात

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, उनले गाडी खरिदका लागि दुई बैंकबाट ऋण लिएको विवरणमा जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएर त्यसमध्ये ७ लाख रुपैयाँ तिरेको उल्लेख छ भने एभरेष्ट बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ ।

उनको नाममा १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यस्तै, उनले राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर बा ०१–०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन् । उक्त सम्पत्ति प्राप्तिको स्रोत ऋण र तलब भएको जनाइएको छ ।

त्यसैगरी, उनका श्रीमान् गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख रुपैयाँ ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको विवरणमा उल्लेख छ । उक्त गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरेर खरिद गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =