गृहमन्त्रीसँग धनकुटामा १९ रोपनी १५ आना जग्गा, पारिवारिक नाममा पनि उल्लेख्य जग्गा
२०८२ चैत २९ गते

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख गरिएको छ । उक्त जग्गा लगानीबाट आर्जन गरिएको सम्पत्तिका रूपमा देखाइएको छ ।
यसैबीच, गृहमन्त्री गुरुङको पारिवारिक नाममा पनि उल्लेख्य जग्गा रहेको विवरण सार्वजनिक भएको छ । उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा रहेको उल्लेख छ ।
त्यस्तै, बाजे रामसल गुरुङको नाममा (हाल बाँडफाँट नभएको अवस्थामा) गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको विवरणमा जनाइएको छ ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








