कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने भएको छ ।

निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री नेपाली कांग्रेसका प्रकाश रसाइली ‘स्नेही’ले निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका वैशाख २ गते सार्वजनिक गरिने जानकारी दिएका छन् ।

रसाइलीका अनुसार दलको नेता चयनका लागि पार्टीभित्र सहमतिको प्रयास जारी छ । तर सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमार्फत नेता चयन गरिने उनले स्पष्ट पारे । “नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्नेछौं। वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ,” उनले भने ।

संसदीय दलको नेता चयनपछि सोही व्यक्तिलाई प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा समेत जिम्मेवारी हुने बताइएको छ ।

यस पदका लागि सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बेमोहन आचार्य लगायतले आकांक्षा व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =