राप्रपाभित्रको विवाद छताछुल्ल, संस्थापनइतर समूह आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट पक्षले पुनः छलफल सुरु गरेको छ । संस्थापनइतर समूह चुनावपछि फेरि सक्रिय बन्दै बैठकमा जुटेको हो ।

महामन्त्री धवलशमशेर राणाको अगुवाइमा असन्तुष्ट पक्षको बैठक काठमाडौंको कान्तिपथस्थित एक होटलमा बसिरहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनुपर्ने र महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने विषयमा छलफल भइरहेको छ ।

उनका अनुसार चुनावी पराजय, नेतृत्वको जिम्मेवारी, उपसभामुखमा उम्मेदवारी लगायतका विषय बैठकको मुख्य एजेन्डा बनेका छन् ।

अध्यक्ष लिङ्देन नेतृत्वको कार्यसमितिको अवधि मंसिरमै सकिए पनि महाधिवेशनको मिति अझै तय हुन सकेको छैन । चुनावपछि महाधिवेशन गर्ने निर्णय भए पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि बढेको हो ।

निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि निर्देशक समितिका संयोजक प्रकाशचन्द्र लोहनीले केन्द्रीय पदाधिकारीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । उनले महाधिवेशनसम्म तदर्थ समिति गठन गरेर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए ।

त्यस्तै, महामन्त्री राणा पक्षधर समूह सभामुखमा उम्मेदवारी दिने विषयलाई लिएर पनि पार्टी नेतृत्वसँग असन्तुष्ट देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =