सार्वजनिक लेखा समितिको सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा श्रम संस्कृति पार्टीले दाबी प्रस्तुत गरेको छ । समितिमा आफ्नो उपस्थिति र प्रतिपक्षी दलको हैसियतका आधारमा पार्टीले नेतृत्वमा दाबी गरेको जनाएको हो ।

प्रतिनिधिसभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेको थियो । सोही अनुसार २६ सदस्यीय सार्वजनिक लेखा समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य रहेका छन् । राईले प्रतिपक्षी दललाई समितिको नेतृत्व दिने परम्परा रहेको उल्लेख गर्दै आफ्नो पार्टीको दाबी स्वाभाविक भएको बताएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि तोकेका छन् ।

त्यसअघि नै समितिको नेतृत्व टुंगो लगाउन दलहरूबीच आन्तरिक छलफल तीव्र भएको छ । सार्वजनिक लेखा समितिमा विभिन्न दलका २६ सांसद सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =