क्युवामाथि अमेरिकी नाकाबन्दीविरुद्ध रोममा प्रदर्शन

एजेन्सी । शनिवार इटालीको राजधानी रोममा सयौं मानिसहरू सडकमा उत्रिएर क्युवाली जनताप्रति ऐक्यवद्धता जनाएका छन् ।

क्युवा हाल गम्भीर ऊर्जा संकट र दशकौंदेखिको अमेरिकी आर्थिक नाकाबन्दीको चपेटामा छ । प्रदर्शनकारीहरूले ऐतिहासिक कोलोसियमबाट पियाजाले ओस्टिएन्सेसम्म मार्च गरेका थिए ।

उनीहरूले ‘क्युवा एक्लो छैन’ र ‘क्युवा विरुद्धको अमेरिकी नाकाबन्दी बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । मार्चका क्रममा क्युवाली झण्डाहरू फहराउँदै अमेरिकी नीतिको कडा निन्दा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =