स्पेनका प्रधानमन्त्रीद्वारा इस्रायलसँगको एशोसिएशन सम्झौता निलम्बन गर्न युरोपेली संघलाई आह्वान

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लेबनान र गाजामा अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन भएको भन्दै इजरायलसँगको एशोसिएशन सम्झौता निलम्बन गर्न युरोपेली संघसँग माग गरेका छन् ।

उनीले युरोपेली सुरक्षाका लागि तत्काल छुट्टै सेनाको आवश्यकता औंल्याउनुका साथै लेबनानमा भइरहेको मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । यसका साथै, स्पेनिस नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटो छोड्ने धम्कीको प्रतिक्रिया स्वरूप १० वर्ष वा २ वर्षमा होइन, अहिले नै युरोपेली सेना निर्माण गर्न आह्वान समेत गरे ।

यसअघि, स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले पनि लेबनानमा इजराययली आक्रमणको कडा आलोचना गरेका थिए । सान्चेजले यो टिप्पणी इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पेनमाथि इजरायलसँग कुटनीतिक युद्ध छेडेको आरोप लगाएपछि गरेका हुन् ।

विश्व स्वास्थ्य संगठन र अन्य मानवीय निकायहरूको तथ्याङ्कअनुसार, लेबनानमा इजरायलको आक्रमणबाट १ हजार ७ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने झन्डै ६ हजार जना घाइते भएका छन् ।

देशको जनसंख्याको करिब पाँचौँ हिस्सा, अर्थात् १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =