संसदीय समितिका सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधि सभाका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले शुक्रवारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोकेका हुन् ।

सभामुख अर्यालले भने ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचनको लागि २०८३ साल वैशाख ४ गते शुक्रवार दिनको १ बजेको समय तोकिएको ब्यहोरा जानकारी गराउँछु।’

यो निर्वाचनसँगै अब सबै विषयगत समितिहरूले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =