उपसभामुखमा रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने रास्वपाको निर्णय
२०८२ चैत २७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टीको संसदीय दलको बैठकले ठाकुरलाई मतदान गर्ने प्रस्ताव पारित गरेको हो । उक्त निर्णयसँगै रास्वपाले उपसभामुख चयन प्रक्रियामा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई औपचारिक समर्थन जनाएको छ ।
संसदीय दलको बैठकले वर्तमान राजनीतिक सन्दर्भ, शक्ति सन्तुलन तथा सहकार्यको आवश्यकता समेतलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको नेताहरूले बताएका छन् ।
२०८२ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








