दीपक खड्काविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा दीपक खड्का लाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

उक्त रिटको पेसी सर्वोच्च अदालतमा न्यायाधीशद्वय सपना प्रधान मल्लमेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ । खड्काकी पत्नी विनिता थापाले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले गत १५ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिएको थियो । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित उनको निवासमा नगद रकम फेला परेको विषयलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =