प्रधानमन्त्री साहद्वारा विदेशी राजदुतहरुसँग छलफल
२०८२ चैत २५ गते

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले विदेशी राजदुतहरुसँग छलफल गरेका छन् ।
साह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदुतहरुसँग सामूहिक छलफल गरेका हुन् ।
मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदुतहरुसँग प्रधानमन्त्री साहले छलफल गरे । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री साहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०८२ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








