सरकारलाई एमालेको दबाब- ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गरियोस्

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएकी छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो माग गरेका हुन् । प्रतिशोध साँधेर सरकारले संविधान र कानूनको मर्म विपरीत अध्यक्ष ओलीमाथि मुद्दा लगाइएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने सांसद घतानीको तर्क थियो ।
उनले भनिन् ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा केपी शर्मा ओलीमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधको आधारमा यस्ता मुद्दाहरू लगाएर राजनीतिक मर्यादाको संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानूनको मर्म अनुसार यो मुद्दा तत्काल फिर्ता गरियोस् ।’
सांसद घतानीले सरकारले संविधान र कानुन उल्लङ्घन हुनेगरी कुनैपनि काम गर्न नहुने पनि स्पष्ट पारिन् ।








