सरकारले डोल्पास्थित मसिनेचौर विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्छः धनबहादुर बुढा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद धनबहादुर बुढाले डोल्पास्थित मसिनेचौर विमानस्थल तत्काल संचालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
सो विमानस्थल बनेको ४ वर्ष पूरा भईसकेको उल्लेख गर्दै उहाँले त्यसको सञ्चालन गर्न सरकारलाई दबाब दिएका हुन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बुढाले आफूले जनताले दिएको मतलाई सम्मान गर्दै अघि बढने बताए । डोल्पाली जनताले आफूलाई पटक पटक सांसदको जिम्मेवारी दिएकाले उल्लेख गर्दै सांसद बुढाले उनीहरुको भावना अनुसार काम गर्ने बताए ।
उनले भने ‘मैले डोल्पाली जनताको शीर निहुँरिने काम हिजो पनि गरेको छैन, आज पनि गर्ने छैन र भोली पनि । डोल्पा जिल्लाको मसिनेचौर एयरपोर्ट सम्पन्न भएको चार वर्ष पूरा भयो । यस एयरपोर्टलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनका लागि म सरकारसँग जोडदार माग गर्दछु ।’
सांसद बुढाले आपूmले डोल्पाली जनताको हितमा सधैँ काम गरिरहेको दाबी समेत गरे ।








