किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्: सांसद पाठक
२०८२ चैत २५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरे । किसान मुलुकमा अन्नदाता भएको भन्दै उनले खेतीको समयमा भन्दै विगतमा जस्तै मलको लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने उनको भनाइ छ ।
उनले भने ‘किसान हाम्रा अन्नदाता हुन् । विगतमा झैँ खेतीको समयमा किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस् । यस वर्ष सरकारले के तयारी गरेको छ रु सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद पाठकले मल आपूर्तिका लागि सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
२०८२ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








