सिद्धार्थ बैंकका ग्राहकहरूलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशत सम्मको छुट
२०८२ चैत २४ गते

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
२०८२ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित








