विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा पौडेल निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

मंगलवार बसेको समितिको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।

बैठक समितिका ज्येष्ठ सदस्य सभापति महन्थ ठाकुरको सभापतित्वमा बसेको थियो । सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागी एकमात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो ।

उनले भने ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एकमात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा माननीय कृष्णप्रसाद पौडेललाई निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

यस्तै समितिमा ५ जना नयाँ सदस्यहरू चयन भएका छन् । महन्थ ठाकुर, जगत तिमल्सिना, रेखाकुमारी झा, वासुदेव घिमिरे र सम्झना देवकोटा समितिको सदस्यमा चयन भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =