प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो १२ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ ।

सोही कारण आज बिहानै रोशीखोला बीपी राजमार्ग अनुगमनमा जान तयार रहेका गृहमन्त्री सुधन गुरुङ पनि रोकिएका छन् । उनी बैठक सकाएर अनुगमनमा जाने बताइएको छ ।

यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । सामान्यतया मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =