आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा.गौतम निर्वाचित

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्ष पदमा डा. शङ्कर गौतम निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धीका रूपमा डा. सुवर्ण पौडेल रहेका थिए ।
सङ्घको यही चैत २० र २१ गते सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा.गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा डा. रमेश पौडेल, महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठ, महासचिवमा डा. ऋषिकेशव भुसाल, सचिवमा डा. दीपककुमार मण्डल र कोषाध्यक्षमा डा.सिजन कोजु विजयी भएकाे सङ्घका निवर्तमान अध्यक्ष डा. श्यामबाबु यादवले जानकारी दिए ।
उनका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा.विजयकुमार सिंह, मधेसमा डा. शिवनारायण गुप्ता, बागमतीमा डा. देवेन्द्रकुमार यादव, गण्डकी डा. नगेन्द्र लामिछाने, लुम्बिनीमा डा. कैलाश न्यौपाने, कर्णालीमा डा.सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा. हिमाल भट्ट निर्वाचित भएका छन् ।








