भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरूको प्रदर्शनी हुने

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरूको प्रदर्शनी हुने भएको छ ।

नेपाल दन्त सामग्री वितरकहरूको संघ (नेपडेण्ट) ले काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत्र २६ गतेदेखि २८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सो प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो ।

३ दिनसम्म चल्ने प्रदर्शनीमा ५ हजार भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष सुनिल बराइलीले बताए ।

उनले भने ‘यो हाम्रो ३ दिनको प्रोग्राम हो । हामीले फाईभ थाउजेन्ड भन्दा बढी डेन्टिष्टहरु भित्रिने अनुमान गरेका छौँ । स्टल १०३ वटा रहनेछ । यो चैत्र २६ देखि २८ गतेसम्म चल्दैछ ।’

सो प्रदर्शनीमा १०३ वटा स्टल रहनेछन् । दन्तसम्बन्धी हालसम्म विश्वका उत्पादन भएका नयाँ नयाँ उपकरणहरू पनि सो प्रदर्शनीमा राखिने दाबी गरिएको छ । संघका अध्यक्ष बराइलीले प्रदर्शनी सो क्षेत्रका विज्ञ र व्यवसायीहरूका लागि अति उपयोगी हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =