सर्वसाधारण यात्रुहरूलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सर्वसाधारण यात्रुहरूलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने १३ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थितबाट १२ जनालाई नियन्त्रणमा लिएको र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कलंकी स्थित सडक खण्डबाट १ जनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ स्थितमा विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरहरूमा काम गर्ने व्यक्तिहरूले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने सर्वसाधारण यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नु पर्छ भनी सर्वसाधारण यात्रुहरूको झोला तथा सामानहरू जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएका प्रहरी टोलीले सो व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =