कुमारी बैंकले विभिन्न कार्यक्रम आयोजना गरेर मनायो २५ औँ वार्षिकोत्सव

काठमाडौँ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५ औँ वार्षिकोत्सव मनाएको छ ।

यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरूको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

कुमारी बैंकको २५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौं, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोसाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पूर्याएको बैंकले जानकारी दिएको छ ।

यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको बताएको छ ।

यसका साथै बैंकले आफ्ना सम्पूर्ण शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू देशै भरि वर्षै भरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ । यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवन स्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।

साथै, बैंकले आफ्नो रजत जयन्तीको अवसरमा सिल्भर सेभिङ्गः बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =