गलत समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्सको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । गलत समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्सको गम्भीर ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ ।
केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. का आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने गलत समाचारहरू प्रकाशित भएको प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको हो ।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘यस कम्पनीको माथि उल्लेख गरिए अनुरूप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बनिधत सवैमा जानकारीको लागि अनुरोध गर्दछौँ ।’
नेपाल लाइफ इन्स्योरेन्सले सधैँ प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको सरोकारवालाहरूमा जानकारी गराएको छ ।








