रास्वपाले दलित समुदायसँग माफी माग्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको उपेक्षामा पर्दै आएको दलित समुदायसँग संसदबाटै माफी मागेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभापति लामिछानेले दलित समुदायसँग माफी मागेका हुन् ।

उनले सांसद खगेन्द्र सुनारले निर्वाचनको क्रममा माफी मागेको उल्लेख गर्दै राज्यले कहिल्यै दलित समुदायसँग माफी माग्यो ? भन्दै प्रश्न गरे ।

उनले भने ‘मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ । चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन, उहाँले गल्ती गर्नुभएको कि भएन । तर उहाँले माफी माग्नुभयो । म आज यो सदनबाट सिंगो देशलाई भन्न चाहन्छु । के हामीले वर्षौँदेखि खगेन्द्र सुनारहरूमाथि अन्याय हुँदा माफी माग्यौँ ? यो देशका दलित समुदायलाई आज मैले सार्वजनिक क्षमायाचनासहित केही भन्नु छ । यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामूहिक माफी माग्दै छ त्यो पनि यो सदनबाट ।’

दलित समुदायले भोगेको विभेद अन्याय नभई सङ्गठित अपराध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =