पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बिहीबार बिहान शाहको पेसमेकर परिवर्तन गरिएको छ । यसअघि मुटुमा समस्या देखिएपछि बैंककमा पेसमेकर राखिएको थियो । तर, उक्त उपकरणको ब्याट्री सकिएपछि नयाँ पेसमेकर राखिएको चिकित्सकले जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार मुटु कमजोर भएपछि शाहको शरीरमा पेसमेकर जडान गरिएको हो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनभित्र डिस्चार्ज गर्न सकिने जनाइएको छ ।

पेसमेकर मुटुलाई कृत्रिम चाल दिने यन्त्र हो । जब मुटुले आवश्यक चाल उत्पादन गर्न सक्दैन, त्यस्तो अवस्थामा शरीरमा पेसमेकर राखिन्छ ।

मुटुको चालमा समस्या आउँदा रिङ्गटा लाग्ने वा बेहोस हुने जस्ता समस्या देखिन सक्छन्, जसका लागि पेसमेकर प्रभावकारी उपचारका रूपमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =