केपी ओली र रमेश लेखकको गिरफ्तारीविरुद्ध एमालेको आपत्ति, निःशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी र पूर्वाग्रहपूर्ण’ ठहर गरेको छ ।

बैठकले सरकारको यो कदमको भत्र्सना गर्दै उनीहरूको अविलम्व र निःशर्त रिहाइको माग गर्दै विशेष प्रश्ताव पारित गरेको हो ।

संसदीय दलका नेता रामबहादुर थापाले सरकारले प्रतिपक्षका नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरेको आरोप लगाए ।

एमालेले यस मुद्दालाई संसदीय मोर्चा, सडक र अदालतको मोर्चाबाट समेत सशक्त रूपमा उठाउने निर्णय गरेको छ । ‘यो गिरफ्तारी पूर्णतः गैरकानुनी र पूर्वाग्रहपूर्ण छ, यसले लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको छ’ उनले भने ।

नेता ओली र लेखकको रिहाइ नभएसम्म एमालेले आफ्नो आन्दोलन जारी राख्ने र सरकारलाई दबाब दिने रणनीति तय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =