पर्सा अदालत पुगेर रवि लामिछानेले बुझे तारेख

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा सहकारी ठगी प्रकरणको तारेख बुझेका छन् ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछानेले मंगलबार अदालत पुगेर तारेख बुझेका हुन् । लामिछानेमाथि पर्साको सानो पाइला सहकारी ठगी गरेको आरोप छ ।

रवि लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा चितवन–२ क्षेत्रबाट निर्वाचित भएका सांसद समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =