मोक्षको कामनासहित बौद्धमा तेमाल जात्रा सुरु (तस्बिरहरू)

मृतक आफन्तको मोक्षको कामनासहित रातभर बत्ती बाल्ने, स्तूप परिक्रमा गर्ने, माने घुमाउने र तामाङ सेलो गाउने यस जात्राका प्रमुख आकर्षण हुन्

काठमाडौं । बौद्धनाथ स्तूप क्षेत्रमा आज तामाङ समुदायको महत्त्वपूर्ण पर्व तेमाल जात्रा मनाइँदै छ । पौराणिक कालदेखि चलिआएको यो जात्रा बौद्ध र स्वयम्भूनाथ स्तूपमा मनाइन्छ ।

चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा सुरु हुने जात्रा पूर्णिमाका दिन बालाजुको बाइसधारामा स्नानपछि स्वयम्भूमा पुगेर पूजाआजा गरेसँगै सकिन्छ ।

काभ्रेको तेमाल क्षेत्रका तामाङहरूको बाक्लो सहभागिताका कारण यसलाई ‘तेमाल जात्रा’ भनिँदै आए तापनि नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायसमेत यहाँ आउने गर्छन् ।

मृतक आफन्तको मोक्षको कामनासहित रातभर बत्ती बाल्ने, स्तूप परिक्रमा गर्ने, माने घुमाउने र तामाङ सेलो गाउने यस जात्राका प्रमुख आकर्षण हुन्  । साथै, लामा गुरुमार्फत पूजा–पाठ गराउने परम्परा पनि रहिआएको छ ।

किंवदन्तीअनुसार विपश्वी बुद्धले रोपेको कमलबाट उत्पन्न अलौकिक ज्योतिको स्मरणमा यो जात्रा सुरु भएको विश्वास गरिन्छ । आज पनि यो पर्व तामाङ समुदायको आस्था, संस्कार र पहिचानको जीवन्त प्रतीक बनेको छ ।

तस्बिरहरू:-

boudh..mk

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =