जुम्लाको कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाँटसिजा स्वास्थ्य चौकीमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरबाट ६२५ जना लाभान्वित भएका छन् ।

प्लान इन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

गाउँपालिकाभित्रका स्थानीयवासिले विभिन्न रोगको परीक्षण तथा उपचार गरेका छन् ।

शिविरमा नाक, कान, घाँटी, दाँत, स्त्रीरोगसम्बन्धी समस्या तथा बालबालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सकबाट गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विरेन्द्र उपाध्यायले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =